बदाम खान मीठो हुन्छ अनि बदामलाई भिजाएर पछि भुटेर दिनदिनै खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या पनि समाधान हुन्छन् । दिनदिनै तीनवटा भुटेको बदाम खाँदा रक्तचाप र मोटोपन नियन्त्रणमा रहन्छ । यसमा भएको मिनरल, भिटामिन र फाइबरले दिमाग तीखो बनाउँछ अनि छाला पनि सुन्दर हुन्छ ।
स्वस्थ एन्जाइम
भुटेको बदाम खाँदा अक्सिजनलाई शरीरसम्म पु–याउने एन्जाइम स्वस्थ रहन्छ । दिनदिनै खाली पेट भुटेको बदाम खाँदा शरीरलाई फाइदा पुग्छ । पोषक तत्त्व
बदामले शरीरमा पोषक तत्त्वहरूलाई सोस्न मद्दत गर्छ । यसमा भएका मिनरलहरूले शरीरमा पोषण बढाउँछन् । रोगप्रतिरोधक क्षमतामा वृद्धि
बदाममा भएका एन्टीअक्सिडेन्टले शरीरलाई अनेकौं रोगबाट सुरक्षित राख्छ । पाचनतन्त्र
बदामले पाचनप्रणालीलाई पनि ठीक राख्छ । यसले एन्जाइमलाई सक्रिय बनाएर पाचन बलियो बनाउँछ । मुटु
शरीरमा कोलेस्ट्रोल बन्न पाउँदैन बदामको सेवन गर्दा । यसमा भएका गुणहरूका कारण मुटुरोग लाग्न पाउँदैन । यसरी भुट्नुस् बदाम सबभन्दा पहिला दुई कप पानी उमाल्नुस् । त्यसपछि पानीलाई एउटा भाँडोमा खन्याएर त्यसमा तीनवटा बदाम राख्नुस् । त्यो पानीमा बदाम रातभरि भिजाउनुस् ।
त्यो बदाम भोलिपल्ट निकालेर पाँच मिनेटसम्म भुट्नुस् ।
यस्तो भुटेको बदाम खाँदा स्वास्थ्य राम्रो हुन्छ । एजेन्सी
0 comments:
Post a Comment