Search Bar

Adbox
Powered by Blogger.

Hot News

नायिका एंव मोडल मञ्जिता केसीले ल्याइन नजर हजुरको (भिडियो सहित)


काठमाडौं/नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजको गीतहरु सार्वजनिक हुने क्रम तिब्र भएको छ । यहि क्रममा नायिका मञ्जिता केसीको पहिलो तिज गीत नजर हजुरको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको लय शब्दमा तयार भएको यस गीतमा आयुषा राणाको स्वर रहेको छ ।
लोकप्रिय नायिका तथा मोडल मञ्जिता केसी र नायक सुशान्त कार्कीको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोलाई करन चैसिरको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । नायिका मञ्जिता केसी म्युजिक भिडियोमा सर्वाधिक लोकप्रिय छिन् । ५५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले तीन भन्दा बढि चलचित्रमा पनि अभिनय गरेकी छिन् ।
Share on Google Plus

शेयर सगै लाईक र कमेन्ट पनि गर्नुस ल धन्यवाद

0 comments:

Post a Comment